कोलकातामा मेस्सीले उद्घाटन गरे ७० फिटको आफ्नै स्मारक

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २७ गते १७:४७
Image of https://mayorsap.com/storage/photos/shares/photo-3-6145241c.jpg

एजेन्सी । विश्व चर्चित फुटबल खेलाडी लियोनेल मेस्सीले भारत कोलकाताको लेक टाउनमा आफ्नो ७० फिटको मूर्तिको भर्चुअल उद्घाटन गरेका छन् ।

शनिबार कोलकाताको लेक टाउनमा रहेको आफ्नो ७० फिट अग्लो प्रतिमाको भर्चुअल रूपमा मेस्सीले पश्चिम बंगालका मन्त्री तथा श्रीभूमि स्पोर्टिङ क्लबका अध्यक्ष सुजित बोससँग मिलेर उद्घाटन गरेका हुन् ।

अर्जेन्टिनाका फुटबल महापुरूष शनिबार बिहानै जोय सिटीमा आइपुगेका थिए । कोलकाताका प्रमुख स्थानहरूमा उत्साही समर्थकहरू ठूलो संख्यामा भेला भएका थिए ।

लेक टाउनमा निर्माण गरिएको फलामको उक्त प्रतिमामा मेस्सीले फिफा विश्वकप ट्रफी बोकेको चित्रण गरिएको छ । जुन कतारमा २०२२ फिफा विश्वकपमा अर्जेन्टिनासँगको उनको ऐतिहासिक विजयको प्रतीक हो। प्रतिमाको मेस्सी आफैंले भर्चुअल रूपमा अनावरण गरेका हुन् ।

पश्चिम बंगालका मन्त्री तथा श्रीभूमि स्पोर्टिङ क्लबका अध्यक्ष सुजित बोसले स्मारक संरचना ४० दिनमा निर्माण पूरा भएको बताए ।


Facebook Comments