रामकुमारी झाँक्रीको आग्रहः एक पटक ओलीलाई नै विश्वास गरौं

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २७ गते १७:४७
Image of https://mayorsap.com/storage/photos/shares/photo-2-f5d606f7.jpg

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले एमालेको ११ औं महाधिवेशनलाई पार्टी मात्र नभई नेपालको लोकतान्त्रिक शक्ति र जनताको उत्सव भएको बताएकी छन् । उनले यो महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै विश्वास गरेर नेतृत्वमा पुर्याउनुपर्ने बताइन् ।

झाँक्रीले महाधिवेशनले युवाहरूलाई नेतृत्वतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्दै भनिन्, ‘यो महाधिवेशनले बहुसंख्यक युवाहरुलाई पार्टीमा नेतृत्वतर्फ ल्याउने पहल विधिबाट हुनेछ । वर्तमान नेपाली समाजमा नेतृत्वको हिसाबले आशा र विश्वास दिने नेताको रूपमा नेकपा एमालेको नेतृत्वमा कमरेड केपी शर्मा ओली नै छन् । उहाँलाई एकपटक विश्वास गरौँ ।’

उनले नेपाली समाजमा भर्खरै भएका घटनालाई नयाँ ढंगले पार्टीले जनताको विश्वास उठाउँदै अघि बढिरहेको बताइन् । ‘यो महाधिवेशनले सबैमा आशा, उत्साह र जीवनको सम्पूर्ण विश्वासलाई पुनर्जीवित गरेको छ । नेपाली समाजमा भर्खरै भएका घटनालाई नयाँ ढंगले पार्टीले जनताको विश्वास उठाउँदै अघि बढाइरहेको छ । यसै कारण महाधिवेशन राष्ट्रिय महोत्सव हो ।’


Facebook Comments