रोहित पौडेल बने उत्कृष्ट खेलाडी, कार पुरस्कार

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २७ गते २२:०९
Image of https://mayorsap.com/storage/photos/shares/rohit-poudel.png

काठमाडौं । च्याम्पियन टिम लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले कार पुरस्कार पाएका छन् ।  नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट नेपाली खेलाडी भएवापत उनलाई कार पुरस्कार दिइएको हो ।

आज भएको फाइनल खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स च्याम्पियन बनेको हो । यो सिजन रोहितले २७४ रन बनाएको छन् भने १० विकेट लिएका छन् । फाइन खेलमा उनले ह्याट्रिक विकेट लिए ।

प्लेअर अफ द टुर्नामेन्ट एनपीएल सिजन टू रुबेन ट्रम्पलमेन भएका छन् । सन्दिप लामिछानेले गोल्डेन क्याप जितेका छन् । शेर मल्ल इमर्जिङ प्लेअर अफ द टूर्नामेन्ट बनेका छन् ।


Facebook Comments