एमालेमा विधान महाधिवेशनको निर्णय उल्टियो : १९ जना पदाधिकारी कायम
केन्द्रीय कमिटी ३०१ सदस्यीय कायम
मेयरसाप डेस्क
|
२०८२ मंसिर २८ गते १३:२०
काठमाडौं । नेकपा एमालेले विरोधकाबीच आफ्नो विधान महाधिवेशनले गरेका महत्त्वपूर्ण निर्णयहरूलाई उल्टाउँदै पदाधिकारी र कमिटीहरूको संख्या पुरानै संरचनामा फर्काएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको दबाबपछि पदाधिकारीको संख्या १५ बाट बढाएर १९ सदस्यीय बनाइएको छ, जसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना रहनेछन् ।
यसैगरी, विधान महाधिवेशनले २५१ मा झारेको केन्द्रीय कमिटीको आकार पनि पुनः बढाएर ३०१ सदस्यीय बनाइएको छ । साथै, ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो समेत कायम गरिएको छ ।
पार्टीको यो निर्णयको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायत कतिपय नेताहरूले विरोध जनाएका छन् । बदलिएको परिस्थितिले अंक बढाउन नभनेको भन्दै पोखरेलले भने, ‘संख्या बढाएर क्षमता बढ्छ भने अस्तिको हाम्रो क्षमता जचिएन ।’
Facebook Comments