खाँदबारीको नयाँ बजारमा अनुगमन : अव्यवस्थित सामान नराख्न निर्देशन
खाद्यसँगै भेटियो विषादीजन्य सामग्री
मेयरसाप डेस्क
|
२०८२ मंसिर २८ गते १९:५४
सङ्खुवासभा । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाको संयोजनमा सोमबार खाँदबारी नगरपालिका–७ स्थित नयाँ बजारका पसलहरूमा अनुगमन गरिएको छ ।
उपभोग्य वस्तुको अवस्था बुझ्न र व्यवसायीलाई सचेत गराउने उद्देश्यले गरिएको अनुगमनमा प्रशासन, प्रहरी, खाँदबारी नगरपालिका, उद्योग वाणिज्य सङ्घ र पत्रकार महासङ्घको सहभागिता थियो ।
अनुगमनका क्रममा अधिकांश पसलहरू दर्ता–नवीकरण गरिएका र मूल्यसूची स्पष्ट रूपमा राखिएको पाइएकोमा सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले व्यवसायीहरूलाई धन्यवाद दिए ।
केही पसलहरूमा खाद्य सामग्रीसँगै विषादीजन्य सामग्रीहरू राखिएको पाइएकोले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी त्यस्ता सामग्री छुट्टै राख्न व्यवसायीहरूलाई सचेत गराइएको छ ।
जिल्ला प्रशासनले आगामी दिनमा थप सतर्कता अपनाउन सबै व्यवसायीहरूलाई आग्रह गरेको छ ।
Facebook Comments