कञ्चनपुरको असिग्राम विद्यालयलाई ‘डेस्क–बेन्च’ सहयोग
शैक्षिक वातावरण सुधार गर्ने उद्देश्य
मेयरसाप डेस्क
|
२०८२ मंसिर २८ गते २२:०१
कञ्चनपुर । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–९ सिसैयास्थित असिग्राम माध्यमिक विद्यालयलाई पठनपाठनमा सहजता ल्याउनका लागि ’डेस्क–बेन्च’ सहयोग प्राप्त भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर ऐरका अनुसार कम्युनिटी सर्भिस नेपाल ललितपुर नामक संस्थाले विद्यालयलाई रु तीन लाख २० हजार बराबरको सहयोग उपलब्ध गराएको हो ।
विद्यार्थी सङ्ख्या बढ्दै जाँदा डेस्क–बेन्चको अभाव भएपछि संस्थासँग सहयोगका लागि अनुरोध गरिएको थियो ।
सहयोग उपलब्ध गराउने संस्थाका संयोजक प्रकाश सुवेदीले ग्रामीण तथा सामुदायिक विद्यालयहरूको शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले यस्तो कार्य गरिएको बताए ।
विद्यालयलाई प्राप्त यो सहयोगले विद्यार्थीहरूको पठनपाठनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।
Facebook Comments