कालिका नगरपालिकाकाे चक्रपथअन्तर्गत गैरीबारी-चापागौँडी-शेरबास सडककाे शिलान्यास
चक्रपथ निर्माणले पालिकालाई आर्थिक रूपमा टेवा पुर्याउने मेयर रेग्मीको विश्वास
मेयरसाप डेस्क
|
२०८२ मंसिर २९ गते २३:५४
चितवन । चितवनको कालिका नगरपालिकाको चक्रपथ (रिङ रोड) भएको गैरीबारी, चापागौँडीदेखि शेरबास जाने सडक शिलान्यास गरिएको छ । कालोपत्र सडक र पक्की नालाको कालिका वडा नं ८ गैरीबारीमा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शिलान्यास गरे।
आइतबार कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले कालिका नगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त लगानीमा एक हजार ६५० मिटर कालोपत्र सडक र दुई हजार ६५० मिटर पक्की नाला निर्माणको शुभारम्भ गरेका हुन् ।
नगरप्रमुख रेग्मीले विकास निर्माणमा सबैलाई सघाउन आग्रह समेत गरे । यो सडक निर्माणले वैकल्पिक सडकमार्ग, पर्यापर्यटन कृषि उपज, बाटोको जनघनत्व एवं न्यूनीकरण कम गर्न, रणनीतिक हिसाबले कालिका नगरपालिकाको आर्थिक रूपमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
सडक तथा नाला निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दालाई सहज हुने अपेक्षा व्यक्त गर्दै नगरका अन्य क्षेत्रमा बन्न नसकेका बाटोघाटो विस्तारै बन्दै जाने उनको भनाइ छ ।
नगरपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर किशोर खतिवडाका अनुसार सो सडकका लागि पालिकाको रु एक करोड ८० लाख र प्रदेश सरकारको रु एक करोड २० लाख गरी रु तीन करोडको बजेटमा जीएराम माता कङ्कालीनी जेभीले रु दुई करोड तीन लाख ९० हजारमा ठेक्का सकारेको हो ।
विसं २०८२ मङ्सिर २५ गते ठेक्का सम्झौता भई २०८३ साल जेठ ३१ गते सम्पन्न गर्नेगरी काम अघि बढाइएको हो ।
Facebook Comments