एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २९ गते १०:५१
Image of https://mayorsap.com/storage/photos/shares/web-post-717973eb.png

काठमाडौं। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दोस्रो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

दुबईमा नेपाल र बंगलादेशको खेल बिहान १०ः४५ बजे सुरु हुँदैछ । यसअघि शनिबार दुबईको द सेभेन्स रङ्गशाला भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको हो । नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । मङ्सिर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन् ।


Facebook Comments