जङ्गली हात्ती गाउँ पसेर  उपद्रो मच्चाउँदा...

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २९ गते २३:५४
Image of https://mayorsap.com/storage/photos/shares/elephant_2.jpg

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर उपद्रो मच्चाएको छ । दैनिक रातिका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यन्न तथा बाली नास गर्न थालेकाे स्थानीयवासीले गुनासो गरेका छन् । 

स्थानीयवासी श्यामनारायण चौधरीका अनुसार गत शनिबार रातिमात्र स्थानीय अमृत अधिकारीको घरकाे बार भत्काएर अन्न क्षति गरेको थियो । यसैगरी, स्थानीय पर्शुराम हुजदारले  आफ्नो घरको भकारीमा राखेको धान हात्तीले क्षति गरेको बताए  । मध्यरातमा हात्ती प्रवेश गरेर घर वरिपरि बिरुवा खाने र भकारी भत्काएर धान खान थालेको उनले बताए ।

हात्ती रातिकाे समयमा गाउँमा प्रवेश गर्न थालेपछि कतिपय गाउँले रातभरि आगो बालेर हात्ती धपाउन जाग्राम नै बस्नुपरेको स्थानीयवासी सीताराम चौधरीले बताए । चिसो बढेसँगै हात्ती गाउँ प्रवेश गरेर बिगार तथा उपद्रो गर्न थालेको स्थानीय बताउँछन् ।


Facebook Comments