मादी नदीमा महिलाको श*व फेला

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २९ गते २३:५१
Image of https://mayorsap.com/storage/photos/shares/1746787985.jpg

तनहुँ । व्यास नगरपालिका–५ माथिल्लो पाटनस्थित मादी नदीको किनारमा आज बिहान एक महिलाको शव फेला परेको छ । 

पानीमा कोल्टो परेको अवस्थामा नामथर वतन नखुलेको महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अन्दाजी ४०–४५ वर्षीया महिलाको शव फेला परेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। 

स्थानीयवासीबाट खबर पाएलगत्तै प्रहरी निरीक्षक शिवप्रसाद पाठकको नेतृत्वमा खटिएको प्रहरीले घटनासम्बन्धमा अनुसन्धान गरिरहेको छ ।


Facebook Comments