पासोमा फस्यो चितुवा

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २९ गते २३:५४
Image of https://mayorsap.com/storage/photos/shares/img-20251215-wa0012.jpg

बैतडी । बैतडीमा स्थानीयले जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको छ। यहाँको सिगास गाउँपालिका–२  धौलाडी, भिमराडीमा जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको हो । 

स्थानीयले थापेको पासोमा अन्दाजी तीन वर्षको चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले जानकारी दिए। गए राति नै चितुवा पासोमा परेको आज बिहान मात्रै जानकारी आएको उनले बताए ।

अहिले सवडिभिजन बन कार्यालय गाजरीबाट उक्त क्षेत्रमा टोली खटिएको छ । अगाडि पट्टीको खुट्टा पासोमा फसेको र चितुवाको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोलीसँग समन्वय भइरहेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ । 

जिल्लामा पासो परेका तथा घाइते चितुवाको उद्धारका लागि जनशक्ति र स्रोतसाधन नहुँदा समस्या हुने गरेको छ ।


Facebook Comments