कृषि क्षेत्रको समस्या समाधान गर्न सरकार तत्पर छः कृषि मन्त्री परियार
मेयरसाप डेस्क
|
२०८२ मंसिर २९ गते १९:५३
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदन परियारले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तत्पर रहेको बताएका छन् ।
ललितपुरमा आज आयोजित ‘नेपाल फुड फोरम–२०२५’ को उद्घाटन सत्रमा उनले व्यवसायीकरण र प्रतिस्पर्धी बजारको विकासमा देखिएका समस्या समाधान गर्न सरकारले काम गरिरहेको बताए । उनले कृषि व्यवसायलाई संस्थागत गर्ने, ग्रामीण अर्थतन्त्रलाई पुनरुत्थान गर्ने र नेपालभर दिगो विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “कृषि लगानी दशक (२०२४–२०३४) को घोषणा मार्फत प्ररदर्शि सरकारको प्रतिबद्धतालाई पनि दोहोर्याउन चाहन्छु, जसको उद्देश्य कृषि वित्तपोषण बढाउने र संरचनात्मक आर्थिक रूपान्तरणलाई तीव्र पार्ने हो, यस दशकको दृष्टिकोण र उद्देश्यहरूलाई अगाडि बढाउन सरकार तयार छ ।”
मन्त्रालयले प्रभावकारी स्रोत परिचालन र लगानी बढाउन बलियो अन्तर एजेन्सी सहकार्य र साझेदारीको महत्त्वमा जोड दिँदै उनले कृषि खाद्य प्रणालीमा नवीनता, जलवायु स्मार्ट खेती, उद्यमशीलता, र प्रविधि सञ्चालित रूपान्तरण मार्फत, हामी कृषिलाई नेपालको आर्थिक विकासको मुख्यधारामा दृढतापूर्वक ल्याउन सक्ने प्रतिबद्धता पनि व्यक्त गरे।
Facebook Comments