जाँचबुझ आयोगले लियो प्रधान सेनापतिको बयान
मेयरसाप डेस्क
|
२०८२ मंसिर २९ गते २२:४०
काठमाडौँ । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले प्रधान सेनापति अशोकराज सिग्देलसँग बयान लिएको जनाएकाे छ।
सोमबार सिग्देलसँग बयान लिएको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।
आयोगमा सशस्त्रका महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्कीको बयान जारी छ ।
आईजीद्वय हाल निर्वाचन स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन पोखरामा छन् । यसअघि आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँगको बयान लिइसकेकाे छ ।
आयोगले यसअघि सशस्त्र प्रहरीको कार्य विभागका प्रमुख नारायणदत्त पौडेल, सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठको पनि बयान लिइसकेकाे छ ।
प्रहरीका डीआईजी ओम राना र एआईजी सिद्धि विक्रम शाहसहितका अधिकृतहरूले पनि आयोगलाई बयान दिइसकेका छन् । आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा, पूर्व मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय अनुसन्धान विभागको उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, नेपाल प्रहरीका एसपीद्वय अपिल बोहरा र कुलदिप चन्दसँग बयान लिइसकेको छ ।
अहिलेसम्म आयोगले १५० भन्दा धेरैसँग सोधपुछ र बयान लिएको छ ।
Facebook Comments