सातवटा बस एकआपसमा ठोक्किएर आगलागी, चार जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ पुष १ गते १८:२५
Image of https://mayorsap.com/storage/photos/shares/accident-scaled-1.jpg

एजेन्सी । उत्तरी भारतको एक्सप्रेसवेमा मङ्गलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी भएको छ । दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्हुवाले जनाएको छ ।

मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरु एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमा गाडीबाट ठूलो आगो निस्किएको देखाइएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको समेत प्रहरीले जनाएको छ ।


Facebook Comments