कांग्रेस सभापति देउवा र शेखर कोइरालाबीच भेट, के भयो कुराकानी ?

No Author Assigned | २०८२ पुष २ गते १५:२६
Image of https://mayorsap.com/storage/photos/shares/shekhar-koirala-and-deuba.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा.शेखर कोइरालाले भेट गरेका छन्। 

सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको १५औँ महाधिवेशनको बारेमा छलफल भएको कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।

भेटमा कोइरालाले देउवालाई क्रियाशील सदस्य वितरण समितिले नम्बर विनाका फाराम जिल्ला जिल्ला पठाएकाले यसले पार्टीभित्र जटिल समस्या उत्पन्न सिर्जना गरेको बताए । उनले नम्बर बिनाका फाराम तत्काल फिर्ता गरी नयाँ फाराम पठाउन समेत सभापतिको ध्यानाकर्षण गराए ।

पार्टीभित्र कार्बाहीमा परेका नेताको कार्बाही फुकुवा गरी पार्टीको महाधिवेशन र आम निर्वाचनमा खटाउन कोइरालाले आग्रह गरे । भेटमा कोइरालासँगै पार्टीका नेता एवम् पूर्वमन्त्री डा मीनेन्द्र रिजाल पनि देउवा निवास पुगेका थिए ।


Facebook Comments