मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, १९ जना घाइते
मेयरसाप डेस्क
|
२०८२ पुष १ गते १९:३८
काठमाडौं । मकवानपुरको अधेरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–७ अधेरीमा लु ५ त १७४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
काठमाडौं–तराई–मधेश द्रुतमार्गमा काम गर्ने कामदारहरू काम गरेर खाना खान जाने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा बकैया गाउँपालिका–७ अधेरीका करिब ५० वर्षीय केशव माझी, सोही ठाउँ बस्ने करिब ५० वर्षीय युवराज माझी र ४५ वर्षीय सन्तलाल माझी रहेका छन्।
घाइतेहरुलाई उपचारका लागि हेटौंडा अस्पताल लगिए पनि तीन जनालाई भने चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घाइतेहरूको हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments