पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

User Image मेयरसाप डेस्क | २०८२ पुष १ गते १९:३७
Image of https://mayorsap.com/storage/photos/shares/akhtiyar-3.jpg

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले मुनकर्मीविरुद्ध भ्रष्टाचार गरेर अस्वाभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । मंगलबार अख्तियारले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको स्रोतले जनाएको छ । 


Facebook Comments