निर्वाचन हुनुपर्छ, जेन–जीले अवरोध गर्नुहुँदैन : मेयर महर्जन

User Image मेयरसाप डेस्क | २०८२ पुष २ गते १५:४२
Image of https://mayorsap.com/storage/photos/shares/chiribabu_1.jpg

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन समयमै सम्पन्न हुनुपर्ने बताएका छन् । 

महानगरको १०७ औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचन गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी भएको बताए ।

मेयर महर्जनले पछिल्लो समय युवा पुस्ता (जेनजी) ले निर्वाचनका विरुद्ध स्वर परिवर्तन गरेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले भने, ‘जेनजीका भाइबहिनीहरूको बुद्धि पलाओस्, आफ्नो आमा (अन्तरिम सरकार) ले गर्न लागेको सफल काममा सहयोग गर्नुपर्छ । चुनाव हुन दिन्न भन्न पाइँदैन ।’

उनले ललितपुर महानगरको सफलताको रहस्य जनप्रतिनिधि र कर्मचारीबीचको अभूतपूर्व एकता र मित्रता रहेको दाबी गरे ।

‘इतिहासमै पहिलोपटक जनप्रतिनिधिहरूबीच यस्तो बलियो मिलाप देखिएको छ, जसका कारण महानगरले हरेक दिन नयाँ र अनुकरणीय काम गर्न सफल भएको छ,’ उनले थपे ।

मेयर महर्जनले ललितपुरले गरेका कामहरू अन्य स्थानीय तहका लागि पनि अनुसरण योग्य रहेको बताए ।


Facebook Comments