उपाध्यक्ष लामा श्रम संस्कृति पार्टीबाट निलम्बित
मेयरसाप डेस्क
|
२०८२ पुष २ गते १५:३८
काठमाडौं । विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङलाई पार्टीले पदबाट निलम्बन गरेको छ ।
पार्टी अध्यक्ष हर्क साम्पाङले आज एक विज्ञप्ति जारी गर्दै अनुसन्धान प्रक्रियामा कुनै बाधा वा दबाब नपुगोस् भन्नका लागि अनुसन्धानको टुङ्गो नलागेसम्म उनलाई निलम्बन गरिएको जानकारी दिए ।
लामालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार काठमाडौंको कपनबाट पक्राउ गरेको थियो ।
उनीमाथि २०८१ भदौ १४ गते भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोप छ, जसमा एक बालिकाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका थिए ।

Facebook Comments