स्थापना दिवसका अवसरमा ९ जनालाई 'पोखरेली नवरत्न' सम्मान

User Image मेयरसाप डेस्क | २०८२ पुष २ गते १९:२३
Image of https://mayorsap.com/storage/photos/shares/pokhreli-navaratna.jpg

गण्डकी । पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवसका अवसरमा समाजका विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्याउने ९ जनालाई आज ‘पोखरेली नवरत्न’बाट सम्मान गरिएको छ ।

महानगरपालिकाले गायन–सङ्गीत क्षेत्रबाट अमृत गुरुङ, धार्मिक पर्यटन–कृषि उद्यम क्षेत्रबाट चन्द्रकान्त बराल, समाजसेवा–उद्योग क्षेत्रबाट चन्द्रकृष्ण कर्माचार्य र साहित्य क्षेत्रबाट तीर्थ श्रेष्ठलाई सम्मान गरेको हो ।

त्यस्तै पत्रकारिता क्षेत्रबाट तिलकमान गुभाजु, स्वास्थ्य क्षेत्रबाट प्राडा बुद्धिबहादुर थापा, खेलकुद–शिक्षा क्षेत्रबाट प्राडा विरेन्द्रसिंह गुरुङ, उद्यमशीलताबाट रामकली खड्का र शिक्षा सेवा–उद्योगबाट हरिप्रसाद पाण्डेलाई सम्मान गरिएको छ ।

उनीहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जनही दुई लाख दुई हजार २०२ रुपैयाँसहित ताम्रपत्र र दोसल्लाबाट सम्मान गरेका हुन् ।


Facebook Comments