एक महिना म्याद थप गर्न जेन-जी छानबिन आयोगकाे माग
मेयरसाप डेस्क
|
२०८२ पुष २ गते १८:५७
काठमाडौं । गत भदौ २३ र २४ गते भएको ’जेन–जी’ विद्रोहसँग सम्बन्धित घटनाको अनुसन्धान गरिरहेको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले थप अनुसन्धान र राजनीतिक दलका नेताहरूसँगको बयानका लागि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष एक महिनाको समय माग गरिएको जानकारी दिए ।
मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयअनुसार पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरिएको थियो । गत मंसिर २५ गते मन्त्रिपरिषद्ले आयोगको कार्यक्षेत्रसमेत थप गर्ने निर्णय गरेको थियो ।
विद्रोहको गहिराई र राजनीतिक संलग्नताका विषयमा विस्तृत अध्ययन गर्नुपर्ने भएकाले आयोगले समय अपुग भएको जनाएको हो । आयोगले आगामी सातादेखि शीर्ष राजनीतिक नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।
Facebook Comments