सिरहामा ३८ वर्षीय बेपत्ता पुरुषको शव पोखरीमा फेला

User Image मुकेशकुमार यादव | २०८२ पुष ३ गते १७:१४
Image of https://mayorsap.com/storage/photos/shares/dd.jfif

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१ बाखैरस्थित पोखरीमा आज बिहान एक पुरुषको शव फेला परेको छ । शव धनगढीमाई नगरपालिका-४ जयपुरका करिब ३८ वर्षीय पशुपति यादवको रहेको खुलेको छ ।

उनी शनिबार बेलुकादेखि सम्पर्कविहीन थिए । आइतबार बिहान बाखैरस्थित पोखरीमा शव देखेपछि स्थानीयले तत्काल जनप्रतिनिधि र प्रहरीलाई जानकारी गराएका थिए । स्थानीय ब्रह्मदेव यादवका अनुसार पोखरीमा शव देखिएपछि खबर गरिएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो ।

प्रहरीले शवको पहिचान गरेपछि मृतकका आफन्तलाई जानकारी गराएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेर मुचुल्का उठाउने तथा थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

हराइरहेका व्यक्तिको शव पोखरीमा फेला परेकाले सो विषयमा थप अनुसन्धान भइरहेको र शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


Facebook Comments