प्रतितोला २ लाख ६० हजार पुग्यो सुनको मूल्य

User Image मेयरसाप डेस्क | २०८२ पुष ३ गते १८:०७
Image of https://mayorsap.com/storage/photos/shares/gold-and-silver_1.jpg

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भई नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ । 

अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको यो मूल्य हालसम्मकै उच्च बिन्दुको नजिक रहेको छ, यसअघि गत सोमबार सुनले प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो ।

सुनसँगै चाँदीको मूल्यले पनि बजारमा नयाँ उचाइ कायम गरेको छ । चाँदी आज प्रतितोला २५ रुपैयाँले महँगिएर ४ हजार ८० रुपैयाँ पुगेको छ, जुन चाँदीको मूल्यमा हालसम्मकै उच्च रेकर्ड हो ।

अघिल्लो दिन प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदीले पछिल्लो दुई दिनदेखि लगातार ऐतिहासिक रेकर्ड बनाइरहेको छ । अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा बहुमूल्य धातुको मूल्यमा यस्तो उछाल आएको हो ।


Facebook Comments