अतिक्रमण रोक्न ३२ वटै वडामा घेराबार गर्दै काठमाडौं महानगर
मेयरसाप डेस्क
|
२०८२ पुष ३ गते १८:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्रका नदी किनार र सार्वजनिक जग्गाको अतिक्रमण रोक्न सुरक्षात्मक घेराबार (फेन्सिङ) गर्ने योजना अघि बढाएको छ ।
महानगरको सार्वजनिक निर्माण विभागले आर्थिक वर्ष २०८१–०८२ को स्वीकृत बजेट र ‘कोरिडोर फेन्सिङ वक्र्स’ कार्यक्रमअनुसार अतिक्रमणको जोखिममा रहेका क्षेत्रहरूलाई तारबार गरी संरक्षण गर्न लागेको हो ।
यस योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विभागले महानगरका सबै ३२ वटै वडा कार्यालयहरूलाई पत्राचार गर्दै आफ्नो क्षेत्रभित्र संरक्षण आवश्यक रहेका खोला किनार र सार्वजनिक जग्गाहरूको विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।
विभागीय प्रमुख सुरेशकुमार राईद्वारा हस्ताक्षरित पत्रमा योजना कार्यान्वयनका लागि आवश्यक खरिद प्रक्रिया सुरु भइसकेको र वडाहरूबाट विवरण प्राप्त हुनासाथ स्थलगत काम अघि बढाइने उल्लेख गरिएको छ ।
Facebook Comments