एमाले महासचिवमा शंकर पोखरेल निर्वाचित
मेयरसाप डेस्क
|
२०८२ पुष ३ गते १६:११
काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनको अन्तिम मतपरिणामअनुसार प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई २२९ मतान्तरले पराजित गर्दै पोखरेल विजयी भएका हुन् ।
निर्वाचन आयोगले उपलब्ध गराएको तथ्याङ्कअनुसार विजयी पोखरेलले १ हजार २२८ मत प्राप्त गरेका छन्, भने उनका निकटतम प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरेका छन् ।
विद्युतीय भोटिङ मेसिनमार्फत भएको मतदानको गणना सकिएसँगै पोखरेल एमालेको नयाँ महासचिव बनेको औपचारिक जानकारी निर्वाचन आयोगका सदस्यले दिएका हुन् ।
Facebook Comments