केपी शर्मा ओली एमाले अध्यक्षमा निर्वाचित
ईश्वर पोखरेल पराजित
मेयरसाप डेस्क
|
२०८२ पुष ३ गते १६:०९
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा केपी शर्मा ओली भारी मतान्तरका साथ अध्यक्ष पदमा पुनः विजयी भएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार ओलीले १६ सय ६३ मत प्राप्त गरी आफ्नो जित सुनिश्चित गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । विद्युतीय मतदानमार्फत भएको यस निर्वाचनमा ओलीले आफ्ना प्रतिस्पर्धीलाई झन्डै ११ सय मतान्तरले पछि पारेका हुन् ।
मतगणनाको नतिजा आइसके पनि यसको औपचारिक घोषणा हुन भने बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
Facebook Comments