एमाले सचिवमा ओली प्यानलको 'क्लिनस्वीप'

User Image मेयरसाप डेस्क | २०८२ पुष ३ गते १६:११
Image of https://mayorsap.com/storage/photos/shares/untitled-design_7.jpg

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सचिव पदका लागि भएको निर्वाचनमा अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवारहरूले पूर्ण जित हासिल गरेका छन् ।

सात सचिव पदका लागि भएको प्रतिस्पर्धामा ओली प्यानलबाट चुनावी मैदानमा उत्रिएका सबै ९ जना उम्मेदवारहरू विजयी हुँदै ‘क्लिन स्वीप’ गरेका हुन् ।

एमाले निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार महेश बस्नेतले सबैभन्दा बढी १५४४ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तै, पद्माकुमारी अर्यालले १५३०, छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७ र खगराज अधिकारीले १२३१ मत प्राप्त गर्दै सचिवमा निर्वाचित भएका छन् ।

विजयी हुने अन्य उम्मेदवारहरूमा यामलाल कँडेलले ११८५, राजन भट्टराईले ११८१ र भानुभक्त ढकालले ११०८ मत प्राप्त गरेका छन् । यस परिणामसँगै एमालेको नयाँ नेतृत्वको सचिव तहमा अध्यक्ष ओली पक्षको पूर्ण बर्चस्व कायम भएको छ ।


Facebook Comments