मुलुकलाई आर्थिक निर्माणको दिशामा लैजानुपर्छ : मन्त्री खरेल
मेयरसाप डेस्क
|
२०८२ पुष ३ गते १७:२४
काठमाडौं । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकलाई अब आर्थिक समृद्धिको बाटोमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
बिहीबार गोरखापत्र संस्थानद्वारा आयोजित ‘गोरखापत्र डिस्कोर्स’को उद्घाटन गर्दै सञ्चारमन्त्री खरेलले यस्तो धारणा राखेका हुन् ।
जेन–जी जनआन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएको, २५ सय घाइते भएको र ८४ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको उल्लेख गर्दै मन्त्री खरेलले अब व्यापक पुनर्निर्माणमा जुट्नुपर्ने बताए ।
मुलुकलाई अगाडि बढाउन ‘डिस्कोर्स’ जस्ता बौद्धिक छलफलहरू उपयोगी हुने र यसले आर्थिक निर्माणको मार्ग प्रशस्त गर्ने उनको भनाइ छ ।
मुलुक निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको भन्दै उनले आगामी निर्वाचनलाई उत्सवको रूपमा सफल बनाउन सरकार क्रियाशील रहेको स्पष्ट पारे ।
सरकार सुशासन र पारदर्शिताप्रति प्रतिबद्ध रहेको भन्दै भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्न पूर्ण सहयोग गरिएको मन्त्री खरेलले जानकारी दिए ।
Facebook Comments