प्रतितोला दुई हजारले घट्यो सुनको मूल्य
मेयरसाप डेस्क
|
२०८२ पुष ४ गते १३:४३
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन–चाँदी मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ कायम भएको छ । बिहीबार यो प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा पनि तोलामा ७५ रुपैयाँको गिरावट आएको छ । बिहीबार प्रतितोला ४ हजार ८० रुपैयाँमा बिक्री भएको चाँदी आज ४ हजार ५ रुपैयाँमा झरेको छ ।
पछिल्ला केही दिनयता सुनको मूल्यमा उतारचढाव आइरहेको बेला आज भने ठूलो गिरावट देखिएको हो ।
Facebook Comments