धरौटीमा रिहा गर्ने आदेश सुन्नासाथ युवतीले गरिन् आत्मह*त्या प्रयास
मेयरसाप डेस्क
|
२०८२ पुष ४ गते १३:४८
ललितपुर । उच्च अदालत पाटनमा मुद्दाको सुनुवाइ भइरहेका बेला एक युवतीले विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छिन् ।
उच्च अदालतले प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि असन्तुष्ट बनेकी ती युवतीले अदालत परिसरमै विषादी सेवन गरेकी हुन् ।
करिब ३० वर्षीया युवतीले बिहीबार अदालत परिसरमै कीटनाशक विषादी सेवन गरेकी थिइन् । उनलाई तत्काल प्रहरीले उद्धार गरी उपचारका लागि पाटन अस्पताल पुर्याएको थियो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि युवतीले उक्त कदम चालेको बुझिएको छ ।
यसअघि काठमाडौं जिल्ला अदालतले पनि मैनालीलाई धरौटीमा छाड्न आदेश दिएको थियो । सो आदेशविरुद्ध युवती उच्च अदालत पाटन पुगेकी थिइन्, तर पाटनले पनि जिल्लाकै आदेश सदर गरेपछि उनी विक्षिप्त बनेको स्रोतले जनाएको छ ।
प्रहरीका अनुसा, युवतीको हाल अस्पतालमा उपचार भइरहेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments