देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

User Image मेयरसाप डेस्क | २०८२ पुष ४ गते १६:३९
Image of https://mayorsap.com/storage/photos/shares/20251219-095712.jpg

ललितपुर । भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्नेमा जोड दिएका छन् । 

‘ह्याविट्याट फर ह्युम्यानिटी’ नेपालले आयोजना गरेको ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ विमोचन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

मन्त्री घिसिङले स्थानीय उत्पादन र प्रविधिको प्रयोगले रोजगारी सिर्जना गर्ने र देशको मौलिकता संरक्षणमा मद्दत पुग्ने बताए ।

आफ्नै देशको काठ र बाँसको प्रयोग नगर्दा काठ आयातमा ठूलो रकम बाहिरिएको भन्दै उनले बाँसको व्यावसायिक प्रयोगले अन्तर्राष्ट्रिय मुद्रा सञ्चितिमा समेत योगदान पुग्ने उल्लेख गरे ।

अबका संरचनाहरू प्रभावकारी, प्रविधिमैत्री र भूकम्प प्रतिरोधी बनाउन बाँसको प्रयोगमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।


Facebook Comments