अमेरिकाले स्थगित गर्‍यो ‘डीभी लटरी’ कार्यक्रम

User Image मेयरसाप डेस्क | २०८२ पुष ४ गते १६:३४
Image of https://mayorsap.com/storage/photos/shares/untitled-design_13.jpg

काठमाडौं । अमेरिकाले विविधता लटरी आप्रवासी भिसा (DV) कार्यक्रमलाई तत्कालका लागि स्थगित गरेको छ ।

ब्राउन युनिभर्सिटीमा भएको घातक गोलीकाण्डमा संलग्न व्यक्ति डीभीमार्फत अमेरिका प्रवेश गरेको खुलेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले यो निर्णय लिएका हुन् ।

होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले राष्ट्रपतिको निर्देशनमा सुरक्षा सुनिश्चितताका लागि यो भिसा योजना रोकिएको पुष्टि गरिन् । अमेरिकी नागरिकको सुरक्षामा कुनै सम्झौता नगर्ने प्रशासनको दाबी छ ।

यो कार्यक्रम अन्तर्गत अमेरिकामा आप्रवासन दर कम भएका मुलुकका नागरिकलाई गोलाप्रथा (चिट्ठा) मार्फत वार्षिक ५० हजार ग्रीन कार्ड भिसा उपलब्ध गराइन्थ्यो ।

नेपालबाट हरेक वर्ष ठुलो संख्यामा मानिसहरू डीभी भरेर अमेरिका जाने र त्यहाँ स्थायी बसोबास (ग्रीन कार्ड) पाउने गरेका थिए । यो स्थगनले अब नेपाली आवेदकहरूलाई पनि प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।


Facebook Comments