कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप
मेयरसाप डेस्क
|
२०८२ पुष ४ गते १९:२२
कञ्चनपुर । जिल्ला कारागार कार्यालय कञ्चनपुरभित्र कैदीबन्दीका दुई समूहबीच विवाद भएपछि कारागार परिसर तनावग्रस्त बनेको छ । स्थिति जटिल बनेपछि सुरक्षा व्यवस्था कडा पार्न थप प्रहरी टोली परिचालन गरिएको छ ।
कारागारभित्र रहेका कैदीबन्दीहरूका दुई पक्षबीच शुक्रबार एक्कासि विवाद र झडप भएको हो । यसले कारागारभित्रको सुरक्षा वातावरणलाई प्रभावित पारेको छ ।
तनाव उत्पन्न भएलगत्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीको निर्देशनमा थप प्रहरी टोली कारागार पठाइएको छ । अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
कैदीबन्दीबीच के कुरालाई लिएर विवाद सुरु भएको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले घटनाको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको जनाएको छ ।
कारागारभित्रको तनावपूर्ण स्थितिलाई मध्यनजर गर्दै बाहिरी सुरक्षा घेरा समेत मजबुत बनाइएको छ ।
Facebook Comments