अवैध रूपमा अमेरिका बसिरहेका ७५ जना नेपाली डिपोर्ट

User Image मेयरसाप डेस्क | २०८२ पुष ४ गते १८:००
Image of https://mayorsap.com/storage/photos/shares/illegal-immigrants_1.jpg

काठमाडौं । अमेरिकामा अवैध रूपमा बसिरहेका तथा कानुनी मापदण्ड पूरा नगरेका ७५ जना नेपालीलाई बिहीबार एकै दिन डिपोर्ट गरिएको छ ।

चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालिएको छ ।

फिर्ता हुनेमा ७२ पुरुष र ३ महिला छन् । जसमा अधिकांश अवैध बाटो (तल्लो बाटो) हुँदै अमेरिका पुगेकाहरू छन् भने २ जना भिजिट भिसामा गएर बसेकाहरू छन् ।

३० वर्षदेखि अमेरिका बस्दै आएका तर पीआर कार्ड नवीकरण नगरेका एक व्यक्ति पनि यस पटक डिपोर्टमा परेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनीका अनुसार, फर्काइएकाहरूले बिचौलियालाई १ करोड रुपैयाँसम्म बुझाएर अमेरिका पुगेको बयान दिएका छन् ।

डोनाल्ड ट्रम्पले सत्ता सम्हालेयता मात्रै ४३९ जना नेपाली डिपोर्ट भइसकेका छन् । पछिल्लो ७ वर्षमा कुल ६६६ जना नेपाली अमेरिकाबाट फिर्ता भएका छन् ।

अमेरिकी प्रशासनले १४ लाख ४५ हजार बढी आप्रवासीलाई देश निकाला गर्ने घोषणा गरेको छ, जसमा अझै १ हजार ३६५ नेपालीहरूको सूची रहेको बताइएको छ ।


Facebook Comments