केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने एमालेको निर्णय
मेयरसाप डेस्क
|
२०८२ पुष ४ गते १८:०२
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीबाट बाहिरिएका अनुभवी नेताहरूलाई सक्रिय राख्न ’केन्द्रीय सल्लाहकार परिषद्’ गठन गर्ने भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले यसबारे औपचारिक जानकारी दिएका हुन् ।
केन्द्रीय कमिटीबाट बिदा भएका सदस्यहरू र पूर्व पदाधिकारीहरूलाई यस सल्लाहकार परिषद्मा समेटिने छ । यसले पाका र अनुभवी नेताहरूको विज्ञतालाई पार्टीको हितमा उपयोग गर्ने लक्ष्य राखेको छ ।
बैठकमा महासचिव पोखरेलले प्रस्तुत गर्नुभएका विभिन्न प्रस्तावहरूलाई अहिले निर्णयार्थ पेस गर्ने कार्य भइरहेको छ ।
एमालेले आगामी पुस २७ देखि २९ गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने गरी मिति तय गरेको छ ।
Facebook Comments