राष्ट्रपतिद्वारा प्रतिनिधिसभा निर्वाचन संशोधन अध्यादेश जारी

User Image मेयरसाप डेस्क | २०८२ पुष ४ गते २१:०१
Image of https://mayorsap.com/storage/photos/shares/ani-4129-2048x1362.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन् ।

मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरेका हुन् ।

संसद् विघटन भएको अवस्थामा तत्काल केही गर्न आवश्यक परेको महसुस गरी सरकारले अध्यादेश ल्याउने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ लाई समसामयिक परिमार्जन गर्न यो संशोधन ल्याइएको बुझिएको छ । यद्यपि, अध्यादेशमा रहेका बुँदागत प्रावधानहरूको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेकमो विज्ञप्ति अनुसार, सरकारले गरेको सिफारिसलाई राष्ट्रपतिले लालमोहर लगाएर कानुनी मान्यता प्रदान गरिएको हो ।


Facebook Comments