मधेशका मुख्यमन्त्री यादवलाई एमालेसहितका सबै दलले दिए विश्वासको मत

No Author Assigned | २०८२ पुष ५ गते २०:२०
Image of https://mayorsap.com/storage/photos/shares/krishna-yadhav_1.png

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेश सभाको बैठकमा यादवलाई प्रमुख‍ प्रतिपक्षी नेकपा एमाले सहितका दलले विश्वासको मत दिएका हुन् । उनलाई सदनमा रहेका १० वटै दलका उपस्थित ९२ सांसदले विश्वासको मत दिएका हुन् ।

विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन्। एक सय ७ सदस्यीय मधेस प्रदेश सभामा विश्वासको मतका लागि ५४ सांसद आवश्यक पर्छ। नेपाली कांग्रेस संसदीय दलका नेता यादव सात दलीय गठबन्धनका ७७ सांसदको समर्थनमा गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। 


Facebook Comments