नोबेल मेडिकल कलेजको ५ तला माथिबाट खसेर डाक्टरको मृ-त्यु
मेयरसाप डेस्क
|
२०८२ पुष ६ गते १२:३२
विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षीय अमित यादव रहेका छन् । आज बिहान ६:३० बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाँचौँ तलामाथिबाट भूइँमा खस्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । घटनापछि उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार शुरु गरिएको थियो ।
सप्तरीको, राजविराज नगरपालिका–९, जगदरी घर भएका यादव इन्टर्नका रुपमा अस्पतालमा कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments