संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई कार्यकक्षमै दलियो मोसो

उपकुलपति नेपालमाथि भ्रष्टाचारको आरोप

User Image मेयरसाप डेस्क | २०८२ पुष ६ गते १४:३५
Image of https://mayorsap.com/storage/photos/shares/nepla.png

दाङ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि आइतबार बिहान कार्यकक्षमै मोसो दलेर दुव्र्यवहार गरिएको छ । नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) का कार्यकर्ताहरूले अनियमितताको आरोप लगाउँदै उनीमाथि यस्तो व्यवहार गरेका हुन् ।

बिहान ८ बजेतिर विश्वविद्यालयको बेलझुण्डीस्थित कार्यकक्षमा पुगेका ५–६ जनाको समूहले उपकुलपति नेपाललाई मोसो दलेका थिए । विश्वविद्यालय परिसरमै प्रहरी चौकी भए पनि आक्रमणकारीहरू क्वाटरसम्मै पुग्न सफल भएका थिए ।

अनेरास्ववियू (क्रान्तिकारी) का लुम्बिनी प्रदेश इन्चार्ज प्रेमप्रशान्त बोहराले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएका छन् । उनले उपकुलपतिमाथि भ्रष्टाचारको अभियोग लागेका रजिस्ट्रारलाई पुनः सिफारिस गर्न मोटो रकम असुलेको लगायत ८ बुँदे आरोप लगाएका छन् ।

उपकुलपति नेपालमाथि यसअघि पनि कर्मचारी भर्ना र भवन निर्माणमा भ्रष्टाचार गरेको आरोप लाग्दै आएको थियो । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनमा अनियमितता देखिएपछि उक्त फाइल थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइसकिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार। घटनामा संलग्नहरूको खोजीका लागि बेलझुण्डी र आसपासका क्षेत्रमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।


Facebook Comments