आधुनिकताका नाममा मौलिक पहिचान र संस्कृति नबिर्सौँ : प्रधानमन्त्री

User Image मेयरसाप डेस्क | २०८२ पुष ६ गते १५:२६
Image of https://mayorsap.com/storage/photos/shares/rss-14.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छिन् । संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने नछाड्न नहुनेमा जोड दिइन् ।

तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँग भएको भेटमा उनले उक्त कुरा बताएकी हुन् । परिषद्का प्रतिनिधिहरु गुरुङ संस्कृतिअनुरुपका परम्परागत वेशभूषामा उपस्थित भएका थिए ।

उनीहरूले वेशभूषाको प्रशंसा गर्दै प्रधानमन्त्री कार्कीले सरकारी कार्यालयमा पनि हप्तामा एक दिन भए पनि कर्मचारीहरुले आफ्नो परम्परागत पोशाक लगाउँदा उचित हुने धारणा व्यक्त गरिन् ।

‘कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन् । आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्संदै गएको पाइन्छ । आफ्नो पहिचान नै के हो भन्ने उनीहरुलाई थाहा छैन । तर हामी नेपालीसँग प्रशस्त आफ्नोपन छ’, उनले भनिन्, ‘विविध मौलिक संस्कृति र परम्परा छ । यो जोगाउनुपर्छ ।’


Facebook Comments