व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ : सचिव घिमिरे
मेयरसाप डेस्क
|
२०८२ पुष ६ गते १५:३८
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा व्यावसायिक वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध र क्रियाशील रहेको बताएका छन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्घको २७औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ आयोजित कार्यक्रममा उनले जेनजी आन्दोलनका कारण खस्किएको व्यवसायीको मनोबल उकास्न सरकारले योजनाबद्ध काम गरिरहेको बताए ।
सचिव घिमिरेले आपूर्ति व्यवस्थापनलाई सहज बनाउनका लागि सरकारले नीतिगत क्षेत्रमा सुधारका महत्वपूर्ण काम गरिरहेको उल्लेख गरे । उनले व्यवसायीले राखेका मागलाई सरकारले क्रमशः सम्बोधन गर्दै लैजाने प्रतिबद्धता जनाए ।
Facebook Comments