रविकाे अध्यक्षतामा रास्वपा केन्द्रीय समिति बैठक बस्दै
मेयरसाप डेस्क
|
२०८२ पुष ६ गते १७:०१
काठमाडौं । सहकारी ठगी प्रकरणमा हिरासतमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा पूर्ण रूपमा सक्रिय भएका छन् ।
शुक्रबार रिहा भएका लामिछानेले आज आइतबार अपराह्न ४ बजे बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता गर्ने भएका छन् ।
आज अपराह्न ४ बजे रास्वपाको केन्द्रीय समिति बैठक बस्दैछ, जसमा सभापति लामिछानेले समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी कार्यदिशाबारे सम्बोधन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकअघि दिउँसो ३ बजे पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरूले सभापति लामिछानेलाई भव्य स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।
रिहा भएलगत्तै शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गरेर काठमाडौं फर्किएका लामिछानेले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका परिवारहरूसँग भेटघाट गरेका थिए ।
लामिछाने हिरासतमा रहँदा डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए । लामिछानेको पुनरागमनसँगै उनले पूर्ववत् रूपमै पार्टीको नेतृत्व सम्हालेका छन् ।
Facebook Comments