अर्जुनचौपारीमा स्वास्थ्य शिविरबाट ६३१ जना लाभान्वित

गाउँमै सेवा पाउँदा स्थानीय हर्षित

User Image मेयरसाप डेस्क | २०८२ पुष ६ गते १७:३५
Image of https://mayorsap.com/storage/photos/shares/img-20251221-120708.jpg

स्याङ्जा । अर्जुनचौपारी गाउँपालिका र खुमा अर्याल फाउन्डेसनको संयुक्त आयोजनामा वडा नं. १ मा निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट स्याङ्जा र पर्वतका ६३१ जना सर्वसाधारण लाभान्वित भएका छन् ।

शिविरमा मुटु, स्त्रीरोग (पाठेघरको क्यान्सर परीक्षण), हाडजोर्नी, छाला, दन्त, र आँखा लगायतका विशेषज्ञ सेवा प्रदान गरिएको थियो । बिरामीहरूलाई निःशुल्क औषधि समेत वितरण गरिएको छ ।

मुटु रोग विशेषज्ञ डा. चन्द्र बहादुर पुनको नेतृत्वमा ९ जना विशेषज्ञ चिकित्सकसहित ५५ जनाको स्वास्थ्यकर्मी टोलीले सेवा दिएको थियो ।

जटिल समस्या देखिएका १२० बिरामीलाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज रिफर गरिएको छ । उनीहरूलाई उपचारमा २० प्रतिशत र औषधिमा ५ प्रतिशत छुटको व्यवस्था मिलाइएको छ ।

गाउँमै विशेषज्ञ सेवा पाउँदा ७७ वर्षीय दयाराम शर्मा र ७५ वर्षीय छविलाल देवकोटा लगायतका जेष्ठ नागरिकहरूले समय र खर्च बचत भएको भन्दै खुसी व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष प्रकाश तिवारी र फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले ग्रामीण क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउन यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।


Facebook Comments