देशव्यापी आन्दोलन गर्ने जेन–जी समूहको घोषणा

User Image मेयरसाप डेस्क | २०८२ पुष ६ गते १८:१७
Image of https://mayorsap.com/storage/photos/shares/miraj-p818upoxku.png

काठमाडौं । जेन–जी समूहका मिराज ढुङ्गानाले वर्तमान सरकारको विकल्प खोज्दै भोलि (सोमबार) देखि देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका छन् ।

आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेका हुन् ।

ढुङ्गानाले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी गर्दै अब ‘सर्वपक्षीय सरकार’ गठन हुनुपर्ने मुख्य माग अघि सारेका छन् ।

आन्दोलनको सुरुवात स्वरूप भोलि बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा उपस्थित हुन उनले सबै पक्षलाई आह्वान गरेका छन् ।

अघिल्लो जेन–जी आन्दोलनका भावना र मुद्दाहरूलाई धोका दिइएको भन्दै उनले अबको आन्दोलनले निर्णायक परिवर्तन ल्याउने जिकिर गरे ।

घोषित आन्दोलन देशव्यापी र शान्तिपूर्ण हुने समूहले जनाएको छ ।


Facebook Comments