मधेश प्रदेशको सभामुखमा यादव निर्वाचित

User Image मेयरसाप डेस्क | २०८२ पुष ६ गते १८:२९
Image of https://mayorsap.com/storage/photos/shares/untitled-design_16.jpg

जनकपुरधाम । मधेश प्रदेश सभाको रिक्त सभामुख पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् ।

आइतबार प्रदेश सभामा भएको मत विभाजनमा सात दलीय गठबन्धनका साझा उम्मेदवार यादवले बहुमत प्राप्त गरेसँगै उनी सभामुख चुनिएका हुन् ।

सभामा उपस्थित ९६ सांसदमध्ये यादवको पक्षमा ७२ मत र विपक्षमा २४ मत परेको थियो । उपसभामुख बबिता राउत ईसरले यादव निर्वाचित भएको घोषणा गरिन् ।

उनलाई सभामुख बनाउन नेपाली कांग्रेसका सांसद वीरेन्द्र प्रसाद सिंहले प्रस्ताव गरेका थिए । पहिलो प्रस्तावमै बहुमत जुटेपछि अर्का प्रतिस्पर्धी नेकपा एमालेका त्रिलोकी प्रसाद यादवको प्रस्तावमाथि मतदान नै गर्नु परेन ।

धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित यादव जसपा नेपालका प्रमुख सचेतकसमेत हुन् ।

यसअघिका सभामुख रामचन्द्र मण्डललाई पद अनुकूल आचरण नगरेको भन्दै गत मङ्सिर ३ गते दुई तिहाइ बहुमतले पदमुक्त गरेपछि यो पद रिक्त थियो ।


Facebook Comments