देश कमजोर भएका बेला लुछ्ने होइन, जोगाउने हो : रवि लामिछाने
मेयरसाप डेस्क
|
२०८२ पुष ६ गते १८:३४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको अस्थिरतामा ‘रोटी सेक्न’ खोज्ने शक्तिहरूलाई कडा चेतावनी दिएका छन् ।
सहकारी ठगी प्रकरणमा हिरासतमुक्त भएपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालय पुगेका उनले देश जोगाउन नयाँ राजनीतिक शक्तिहरू एकढिक्का हुने घोषणा समेत गरे ।
सभापति लामिछानेले देशको वर्तमान कमजोर अवस्थाको फाइदा उठाउन खोज्नेहरू सलबलाइरहेको उल्लेख गर्दै त्यसलाई रोक्न रास्वपा र अन्य नयाँ शक्तिहरू आवश्यकता परे एकै ठाउँमा उभिने स्पष्ट पारे ।
मुलुक कमजोर भएको मौका छोपेर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरूलाई ’गिद्धे नजर’ नलगाउन उनले चेतावनी दिए । “मुलुकलाई लुछ्ने होइन, संरक्षण गर्ने र जोगाउने समय हो,“ उनले भने ।
लामिछानेले देशलाई थप कमजोर बनाउने खेल भइरहेको दाबी गर्दै सबैलाई एकजुट भएर राष्ट्रको रक्षामा लाग्न आग्रह गरे ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने शुक्रबार रिहा भएका हुन् । आइतबार पार्टी कार्यालयमा उनलाई भव्य स्वागत गरिएको थियो ।
Facebook Comments