मध्यविन्दु नगरपालिकामा १५ शय्याको अस्पताल सञ्चालन
चितवन धाउनुपर्ने बाध्यता अन्त्य
मेयरसाप डेस्क
|
२०८२ पुष ६ गते १९:४२
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले स्वास्थ्य सेवामा ठुलो फड्को मार्दै आइतबारदेखि नयाँ नगर अस्पताल भवन र आँखा अस्पताल सेवा सञ्चालनमा ल्याएको छ । नगर प्रमुख भीमलाल अधिकारीले दुवै सेवाको औपचारिक उद्घाटन गरेका हुन् ।
नगरबासीले आँखा उपचारका लागि कावासोती वा चितवन जानुपर्ने बाध्यता अन्त्य गर्न चोरमारा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी आँखा अस्पताल बनाइएको हो । यसका लागि नेपाल नेत्रज्योति सङ्घ र भरतपुर आँखा अस्पतालले प्राविधिक सहकार्य गरेका छन् ।
वि.सं. २०६९ देखि निर्माण सुरु भएको १५ शय्याको नगर अस्पताल भवन १७ करोड ५६ लाख रुपैयाँको लागतमा सम्पन्न भएको छ ।
अस्पतालमा अब विशेषज्ञ सेवासहित प्रयोगशाला, प्रसूति सेवा, र भिडियो एक्स–रे जस्ता आधारभूत तथा आकस्मिक स्वास्थ्य सुविधाहरू एउटै छानामुनि उपलब्ध हुनेछन् ।
Facebook Comments