सिन्धुलीमा भान्सा काेठाभित्रै बुहारी मृ*त फेला, ससुरा ज*लेकाे अवस्थामा भेटिएपछि लगियाे अस्पताल
मेयरसाप डेस्क
|
२०८२ पुष ६ गते २१:१७
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराबजारमा आज दिउँसाे ३२ सुसिला बम्जनको आगोमा जलेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । पेट्रोल वा डिजेलबाट आगलागी भएकाे प्रहरीले प्रारम्भिक जानकारी पाएकाे जनाएकाे छ ।
घटना साढे चार बजे घटेकाे र घटनामा सुसिलाका ससुरा ६२ वर्षीय दुर्गामान बम्जन ढाड, खुट्टा र हात जलेकाे अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । दुर्गामानलाई उपचारका लागि अस्पताल पुर्याइएकाे प्रहरीले जानकारी दिएकाे छ ।
२.५ तल्ले घरको बीच तल्लामा रहेकाे भान्सा घरमा पेट्राेल डिजेलकाे प्रयाेग गरिएकाे हाे वा आत्मदाहकाे प्रयास भएकाे हाे भन्नेबारे प्रहरी अनुसन्धानमै रहेकाे छ । घटनाकाे अनुसन्धान गर्न सिन्धुलीबाट प्रहरी उपरीक्षक लालध्वज सुवेदीको कमाण्डमा १५ जनाको टोली घटनास्थलमा खटिएको छ ।
Facebook Comments