काठमाडौं उपत्यकामा आज शैक्षिक हड्ताल घोषणा
विद्यालय सञ्चालनबारे शैक्षिक संस्थाहरू अन्योलमा
मेयरसाप डेस्क
|
२०८२ पुष ७ गते १०:१७
काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले आज काठमाडौं उपत्यकामा शैक्षिक हड्ताल घोषणा गरेको छ । हड्तालको घोषणापछि उपत्यकाका शैक्षिक संस्थाहरू अन्योलमा परेका छन् । केही विद्यालयहरुले भने आज विद्यालय बन्द रहने सन्देश पठाएको एक अभिभावकले बताए ।
हड्ताल घोषणा गर्ने जनपक्षीय विद्यार्थी युनियन नेकपा जनपक्ष पार्टी निकट विद्यार्थी संगठन भएको बताइएको छ । संगठनले निजी विद्यालयले लिँदै आएको शुल्कमा तत्काल ५० प्रतिशत कटौती गर्नुपर्ने मुख्य माग अघि सारेको छ ।
युनियनका अनुसार विदेशमा रहेका नेपाली विद्यार्थी तथा श्रमिकले मतदान गर्न पाउनुपर्ने, शिक्षामा निःशुल्क पहुँच सुनिश्चित गर्नुपर्ने लगायतका १८ बुँदे माग राख्दै शैक्षिक हड्तालको घोषणा गरिएको हो । यता निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनले भने शैक्षिक हड्तालबारे कुनै औपचारिक निर्णय नगरेको र सम्बन्धित विद्यालयलाई नै निर्णय गर्न भनेको जनाएको छ ।
Facebook Comments