मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले आज प्रदर्शन गर्दै

सर्वपक्षीय सरकार गठन गर्नुपर्ने माग

User Image मेयरसाप डेस्क | २०८२ पुष ७ गते ११:४३
Image of https://mayorsap.com/storage/photos/shares/miraj-dhungana.jpg

काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले आज सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेको छ । आज बिहान ११ बजे माइतीघर मण्डलामा ‘शान्तिपूर्ण आन्दोलन’ गर्ने ढुंगानाले बताएका छन् । 

जेनजीको यो समूहले १० बुँदे माग राखेर आन्दोलन सुरु गर्न लागेको हो। आइतबार पत्रकार सम्मेलनमा ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकार जेनजीको मर्मअनुसार चल्न नसकेको आरोप लगाएका थिए । उनले अब सर्वपक्षीय सरकार गठन गर्नुपर्ने माग गरेका छन्।  

 


Facebook Comments